रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज
काठमाडाैं | मंसिर १०, २०८२
FILED PHOTO
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाएको छ।
मंगलबार बसेको सचिवालय बैठकले पुराना इन्चार्जलाई धन्यवाद दिँदै अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको हो।
रास्वपाका कोशी प्रदेश इन्चार्ज सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल जिम्मेवारीमा थिए। तीमध्ये कोशी इन्चार्ज परियारले यसअघि नै पार्टी त्यागिसकेका छन्।
सचिवालय बैठकले उनीहरूको स्थानमा अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्ज तोक्ने तयारी गरेको छ। रास्वपा बैठकले पार्टी एकताको प्रक्रियालाई गति दिएर नयाँ जिम्मेवारी तोक्न प्रदेश इन्चार्ज हटाएको जनाएको छ । बै
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

